News Portal

मोटरसाइकल दुर्घटनाका घाइते नबिन आचार्यको मृत्यु

रातोपोस्ट संवाददाता
६८ पटक

झापा, १६ असार । झापाको कमल गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।

शुक्रवार साँझ ७ः३० बजेको समयमा कमल ५ सावित्रा चोकस्थित पूर्वपश्चिम लोकमार्गमा केर्खाबाट दमकतर्फ जाँदै गरेको प्र.१–०१–०१४ प ८९१४ नम्बरको मोटरसाईकले बाटो क्रस गर्दै गरेको कुकुरलाई ठक्कर दिई दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका वडा नम्बर २ बस्ने २६ वर्षीय पदमबहादुर पौडेल र पछाडी सवार सोही ठाउँ बस्ने ४० वर्षीय नबिन आचार्य घाइते भएका थिए । दुवैलाई दमकस्थित निम्स अस्पतालमा प्रारम्भिक उपचार गरी बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा हिजो दिउँसो ४ बजे आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्