News Portal

हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिला घाइते

रातोपोस्ट संवाददाता
३६ पटक

झापा, १६ असार । झापाको मेचीनगरमा जंगली हात्तीले आक्रमण गर्दा एक महिला गंभीर घाइते भएकी छन् ।

हिजो (शनिबार) साँझ ९.३० बजेको समयमा मेचीनगर नगरपालिका वडा नम्वर–१२ किरात चौकमा पसलबाट घर आउने क्रममा डिल्ली राईकी श्रीमती भिममाया राईलाई हात्तीले आक्रमण गरेको थियो । कालिझोडा सामुदायिक वनबाट अचानक एउटा जंगली हात्ती बाटोमा निस्की उनलाई आक्रमण गरी घाईते बनाएको हो ।

बाँया खुट्टा र शरीरको बिभिन्न भागमा चोट लागेकी, बोल्न सक्ने मध्यम अवस्थाकी राईको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्