News Portal

एसईईमा मेचीनगरका ९ संस्थागत विद्यालयले ल्याए शतप्रतिशत नतिजा

रातोपोस्ट संवाददाता
५३ पटक

झापा, १९ असार । एसईई परीक्षा २०८० मा मेचीनगरका- ९ वटा संस्थागत विद्यालयको नतिजा शतप्रतिशत आएको छ । शिक्षा शाखा मेचीनगरले दिएको जानकारी अनुसार एसईईमा सहभागी नगरका ३८ संस्थागत विद्यालय मध्ये ९ विद्यालयको नतिजा शतप्रतिशत आएको छ ।

सामुदायिक विद्यालयतर्फ भने कुनै पनि विद्यालयको नतिजा शतप्रतिशत हासिल हुन सकेनन् । शतप्रतिशत नतिजा निकाल्ने विद्यालयहरुमा आदर्श विद्यालय मन्दिर मेचीनगर–९(७/७), थेसिस अंग्रेजी मावि मेचीनगर–३ (१८/१८), दुर्गा आवासीय मावि मेचीनगर–१२ (१९/१९), मिनिल्याण्ड अंग्रेजी मावि मेचीनगर–१४ (१/१), सनसाइन अंग्रेजी मावि मेचीनगर–८ (८/८) रहेका छन् ।

त्यस्तै सनसाइन अंग्रेजी मावि मेचीनगर–२ (१८/१८), सरस्वती शिक्षा सदन मेचीनगर–१० (५/५), हिमालयन एकाडेमी मेचीनगर–९ (५/५), तथा बालबाटिका अंग्रेजी मावि मेचीनगर–१३ (८/८) का सहभागी सबै विद्यार्थी उत्तीर्ण भएका छन् ।मेचीनगरबाट सामुदायिकतर्फ ३०.४३ तथा संस्थागततर्फ ७७.२४ गरी समग्रमा ५२.४ प्रतिशत विद्यार्थीले एसईई उत्तीर्ण गरेको तथ्याङ्क सार्वजनिक भइसकेको छ ।

प्रतिकृया दिनुहोस्