News Portal

सप्तकोशी नदीमा पानीको सतह बढेपछि ३९ वटा ढोका खोलियो

रातोपोस्ट संवाददाता
८५ पटक

विराटनगर, २२ असार । अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह बढेको छ । पानीको सतह निरन्तर बढेपछि सतर्क रहन सुरक्षा निकायले आग्रह गरेको छ । शनिबार साँझ पानीको बहाव मापन गर्दा कोशी ब्यारेज भएर ३ लाख ३ हजार ८ सय ६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।

अहिले ब्यारेजका ३९ ढोका खोलिएका छन्। यहाँ निरन्तर पानीको बहाव बढ्दै गएको छ। आज बिहान ४ बजेको मापन अनुसार १ लाख २४ हजार ४ सय ६५ क्युसेक, दिउँसो १ बजे २ लाख ४४ हजार क्युसेक र साँझ ५ बजे २ लाख ८२ हजार ६ सय ८० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको थियो।

लगातार पानीको बहाव र तह बढ्दै गएपछि कोशी ब्यारेजमा सुरक्षा निगरानी बढाएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए। नारायणी नदीले पनि खतराको बिन्दु पार गरेको छ। देवघाटमा आज दिउँसो ४:४५ मा जलसतह नौ दशमलव आठ मिटर मापन गरिएको छ। सात मिटर कटेपछि चेतावनी र नौ मिटर कटेसँगै खतराको तह मानिन् । बाढी पूर्वानुमान शाखा प्रमुख सुनिल पोखरेलका अनुसार आज दिउँसोबाट नारायणी नदी आसपास क्षेत्रका बासिन्दालाई सतर्क रहन मोबाइलमा सन्देश पठाइएको छ।

प्रतिकृया दिनुहोस्