News Portal

मेची नदीमा डुबेर एक युवतीको मृत्यु

रातोपोस्ट संवाददाता
१०५ पटक

झापा, २५ असार । मेची नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुने भारतकी १९ वर्षीया सकिना किसान रहेकी छन् । भारत दार्जिलिङ छोटिमनिराम ग्राम पञ्चायत ८ मनिरामस्थित खेतीमा रोपाई गरेर भारत घरतर्फ नै फर्कने क्रममा ती युवतीलाई मेची नदीको बाढीले बगाएको थियो । मंगलबार आज दिउँसो पौने ५ बजे मेची नदीको किनारमा ती युवतीको शव फेला परेको काँकडभिट्टा प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्