News Portal

पत्रकार घिमिरेकाे अगुवाइ भूजेल परिवारलाई घर हस्तान्तरण

९९ पटक

मेचीनगर, २९ असार । मेचीनगर १२ की करुणा भूजेलको मुहारमा बिहीबार बिहान खुशीको सीमा थिएन । उनीमात्र होइन उनका दुईजना दाजु अनि बुवा समेत निक्कै उत्साहित थिए । उनीहरुको खुशीको एउटै कारण थियो । ‘अनुसन्धान करुणा गृह’ । दुई महिना अघि आमा गुमाएका ति तीन कलिला बालबालिकाको लागि पत्रकार खगेन्द्र घिमिरेले अगुवाइ गरेर करुणा गृह निर्माण गरी बिहीबार एक कार्यक्रमकाबीच घर हस्तानतरण गरिएको थियो । उनीहरुलाई गुरुले विधिपूर्वक गृह प्रवेश गराएका थिए । गृह प्रवेश गर्दा करुणा आफैले रिविन काटेर घरको उद्घाटन गरेकी थिइन् ।

आमाको किरियामा बसेका ती अवोध बालबालिकाको अवस्था देखेपछि पत्रकार घिमिरेले त्यसबेला संकल्पनै गरेका थिए । १२ औं दिनको काम सकेपछि एउटा घर निर्माणको अभियान थाल्ने छु । उनले लिएको संकल्प यतिखेर सार्थक बनेको छ । अनुसन्धान मिडिया प्रालिका सम्पादक समेत रहेका पत्रकार घिमिरेको संयोजकत्वमा ११ सदस्यीय ‘अनुसन्धान करुण गृह’ निर्माण समिति बनेपछि बिभिन्न क्षेत्रबाट घर निर्माणको लागि सहयोग जुटेको थियो । समितिले करिब १० लाखको लागतमा टिनको छाना भएको भान्सासहितको २ कोठे पक्की घर तथा ट्वाइलेट वाथरुम समेत निर्माणगरी ती बालबालिका तथा उनीहरुका बुवा धनबहादुर भूजेललाई गृह प्रवेश गराएको छ ।

‘पद्यमा दिदीको निधनको खवरले त्यहाँ पुगेको थिएँ, पत्रकार घिमिरेले विगत सम्झिँदै भने, ‘त्यहाँको अवस्था देख्दा मन थामिएन नत खाने अन्न थियो, नत बस्ने घर नै घाम पानीबाट जोगिनै मुस्किल हुने अवस्थादेखेपछि सहयोगको लागि अपिल गरेको थिएँ । त्यसपछि समितिनै निर्माण घर निर्माणको काम थाल्यौं,’ उनले भने, ‘आज हाम्रो अभियान सफल भएको छ ।’ करुणा गृह निर्माण समितिको सदस्यमा गङ्गा उराउँ मेचे, गोपि रिजाल, सोम ओझा, रामबहादुर मगर, बिपिन प्रसाईं, बिष्णु बुढाथोकी,सन्दीप तिम्सिना, भीम कुवर, कविन्द्र श्रेष्ठ, सुमित्रा गौतम रहेका छन् । घर निर्माणको क्रममा ५ लाख १३ हजार नगद तथा ४ लाख ५० हजारबढीकोे जिन्सि सामाग्री प्राप्त भएको तथा नानीहरुको नाममा रु २० हजार नगद समेत खातामा जम्मा गरिदिएको संयोजक घिमिरेले जानकारी दिए । घर निर्माण समितिका संयोजक घिमिरेको सभापतित्वमा आयोजित गृह प्रवेश कार्यक्रममा समाजसेवी, सहयोगी दाताहरु तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । सो अवसरमा प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बरालले सामाजिक अभियानमा पत्रकारहरुको भूमिका बढ्दै गएको बताए उनले विपन्न र असाहयहरुको जीवनमा खुशी ल्याउन यस किसिमका पुन्यको कामलाई सबैले अनुसरण गरेर समाज रुपानतरणमा लाग्न सुझाव दिए ।

कार्यक्रमका संयोजक पत्रकार घिमिरेले घर निर्माणमा सहयोग गर्ने सम्पूर्ण मनकारी हात र मनहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । उनका अनुसार घर निर्माणको लागि हातेमालो जनसेवा समाजका केन्द्रिय सदस्य राम थापाले २० बोरा सिमेन्ट, कैलाश भट्टराई, देवेन्द्र अर्याल र सन्तोष खवासबाट ३५ बोरा सिमेन्ट, पदम खड्का, प्रेम खड्का, विष्णु बुढाथोक, दिनेश जैनबाट ५५ बोरा सिमेन्ट, भीम श्रेष्ठबाट २० बोरा सिमेन्ट, मेचीनगर–१० का वडासदस्य सोम ओझाले जस्ता पाता त्यसैगरी कमल गौतम, याम बुढाथोकी, असिम दाहाल, भीम कुँवरबाट १ ट्याक्टर इँटा, मेची महाकाली संयूक्त आवाजबाट २२ हजार नगद प्राप्त भएको छ । त्यसैगरी भूजेल समाज झापाबाट ५० हजार २ सय नगद तथा बिर्तामोड निवासी धिरज जैनले पिउने पानीको लागि कल गाडेर पिउने पानीको प्रवन्ध गरिदिएका छन् । भने अन्य बिभिन्न दाताबाट थप सहयोग प्राप्त भएको उनले बताए । घर निर्माणमा मेचीनगर–५ का उमेश उप्रेतीले घर निर्माणका लाग्ने काठ उपलब्ध गराएका छन् ।

तीन बालबालिकामध्ये रोहन कक्षा ५ मा, तारा कक्षा ४ मा र करुणा कक्षा २ मा स्थानीय मेचीनगर–११ स्थित बलभद्र माबीमा अध्ययनरत छन् । उनीहरुलाई कक्षा १२ सम्मको अध्यापन निःशुल्क गरिदिने विद्यालयले जनाएको छ । ती बालबालिकाका बुवा धनबहादुर भुँजेल गाउँमा मेलापात र मजदुरी गर्दै आएका छन् । आफ्नो नाउँमा जमिन नहुँदा स्थायी बसोबास गर्न नसकेका भुँजेल परिवार बिगत ४ वर्षयता मेचीनगर–१२ स्थित हडिया खोलाको ऐलेनी जमिनमा अव्यवस्थित रुपमा बसोबास गर्दै आएका थिए । घर निर्माण समितिका सदस्य सोम ओझाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य देबु बानियाँले गरेका थिए ।

प्रतिकृया दिनुहोस्