News Portal

मेचीनगरमा होल्डिङ सेन्टर प्रयोगविहीन : मन्त्री अधिकारीले गरे अनुगमन

रातोपोस्ट संवाददाता
१११ पटक

झापा, २ साउन । मन्त्रीसहित सरकारी अधिकारीको टोलीले झापाको मेचीनगर-१४ स्थित दुहागढीमा निर्माण गरिएको होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी जनप्रतिनिधि र प्रशासन प्रमुखलाई साथमा लिएर बुधबार होल्डिङ सेन्टरको अनुगमनका लागि पुगेका हुन् ।

कोरोना सङ्क्रमणको तेस्रो लहरका बेला करिब २८ करोड रुपैयाँको लागतमा होल्डिङ सेन्टर निर्माण गरिएको थियो । होल्डिङ सेन्टरको उपयोगिताका विषयमा भइरहेकाे सरकारी अलमलका बीच मन्त्री अधिकारी अनुगमनमा गएका हुन् ।

अनुगमनपछि मन्त्री अधिकारीले नेपाली सेनाको रेखदेखमा रहेको होल्डिङ सेन्टरलाई सुधार गृहका रूपमा विकास गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । यति धेरै ठूलो संरचनालाई प्रयोगविहीन बनाउन नहुने मन्त्री अधिकारीको धारणा छ। अनुगमनमा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्