News Portal

घुँगी टिप्न गएका मण्डललाई खोलाले बगाउँदा मृत्यु

रातोपोस्ट संवाददाता
९७ पटक

झापा, ४ साउन । झापामा खोलाले बगाएर एक युवाको मृत्यु भएको छ । दमक नगरपालिका- ८ स्थित रतुवा खोलामा घुगी टिप्न भनी बुधबार अपराह्न खोला पसेका शिवसताक्षी नगरपालिका-३ घर भई दमक-८ स्थित गंगा शिवाकोटीको घरमा डेरा गरी बस्ने ३६ वर्षीय राजु मण्डलको शव बिहीबार बिहान फेला परेको थियो ।

सुरक्षाकर्मी र स्थानीयको पहलमा खोजतलास गर्दा दमक ८ र १० छुट्याउने दिपिनी खोला र रतुवा खोलाको दोभानमा उनको शव फेला गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापामा असारयता नहरमा डुबेर र खोलाले बगाएर आधा दर्जनको मृत्यु भइसकेको छ । मर्ने अधिकांश बालबालिका रहेका छन् ।

प्रतिकृया दिनुहोस्