News Portal

धितोपत्र बोर्डको अध्यक्षमा महेश बराल नियुक्त

रातोपोस्ट संवाददाता
११० पटक

काठमाडाैं, ४ साउन । अर्थमन्त्री विष्णु पौडेलले नेपाल धितो पत्र बोर्डको अध्यक्ष परिवर्तन गरेका छन् । पौडेल मन्त्री नियुक्त हुना साथ पूर्वअर्थमन्त्री वर्षमान पुनले नियुक्त गरेका नरेन्द्रकुमार रानालाई हटाएर महेश बराललाई अध्यक्षमा नियुक्त गरेका छन् ।

बरालले बिहीबार पद तथा गोपनीयताको सपथ गर्दै कार्यभार सम्हालेका छन् । राना र बराल दुबै सरकारका सहसचिव हुन् । बोर्डको अध्यक्ष खाली भए पनि नयाँ अध्यक्ष नियुक्ति नगर्दासम्म अर्थ मन्त्रालय माताहतका सह–सचिवलाई बोर्डको अध्यक्ष बनाउने परम्परा अनुसार अध्यक्ष परिवर्तन भएका हुन् ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्था बमोजिम अध्यक्ष तोकिएको हो । बराल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको रूपमा कार्यरत छन् ।

प्रतिकृया दिनुहोस्