रातोपोस्ट संवाददाता
झापा, ४ साउन । गत असार ३१ गते बसकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि फरार भएका बसका कन्डक्टर तीन दिनपछि पक्राउ परेका छन् । प्रदेश १–०१–००१ ख ३४२३ नम्बरको बसका कन्डक्टर शिवसताक्षी-६ बस्ने २७ वर्षीय पुण्य सिटौलालाई भारतको पानीटंकीबाट पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टका अनुसार दुर्घटनापछि भागेका सिटौलालाई खोजी गर्ने क्रममा पानीटंकीमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
असार ३१ गते साँझ कनकाईमा कन्डक्टर सिटौलाले चलाएको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कमल-५ बस्ने ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बाको मृत्यु भएको थियो ।