News Portal

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत

रातोपोस्ट संवाददाता
१०७ पटक

काठमाडौं, ६ साउन । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन्।

विश्वासको मत प्रयोजनका लागि भएको प्रस्‍तावको पक्षमा १८८ मत परेको छ भने हुन्न भन्ने पक्षमा जम्मा ७४ मत परेको छ। जम्मा २६३ उपस्थित सांसदमध्ये तटस्थ रही मत दिन्न भन्ने पक्षमा जम्मा १ मत परेको छ।

नेपाली कांग्रेससँगको सहमतिपछि असार २८ गते ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए। प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र सदनबाट विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार प्रधानमन्त्री ओलीले आइतबार मत लिएका हुन्। अर्को बैठक भोलि बस्नेगरी सभामुख देवराज घिमिरेले आजको बैठक स्थगित गरेका छन्।

प्रतिकृया दिनुहोस्