News Portal

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

रातोपोस्ट संवाददाता
१२० पटक

झापा, १३ साउन । झापाको झापा गाउँपालिकामा पानीमा डुबेर एकजना १० वर्षीय बालकको मृत्यु भएको छ ।

झापा गाउँपालिका वडा नम्बर १ सालमारा बस्ने चिकु मियाका छोरा मोहमद दिलसाद मियाको खाली जग्गाको खाल्डोमा डुबेर मृत्यु भएको हो ।

हिजो बिहान ११ बजे खेल्न हिँडेका उनको घरदेखि ५०० मिटर पूर्वपट्टि रहेको नजिर मियाको खाली जग्गाको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय लमिजो मियाले दिउँसो ३ बजे डुबेको देखेपछि आफन्तलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको झापाका प्रहरी प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले बताए ।

प्रतिकृया दिनुहोस्