News Portal

झापामा प्रभु बैंकबाट १ करोड १९ लाख रुपैयाँ ‘गायव’

रातोपोस्ट संवाददाता
२३० पटक

झापा, १६ साउन । प्रभु बैंक बिर्तामोड शाखाले झापाका पत्रकार टिकाराम नेती नेपालको १ करोड भन्दाबढी रकम गायव गरेको छ । बिर्तामोड–५ स्थित मम फ्याक्ट्रीका संचालक समेत रहेका नेपालले आज पत्रकार सम्मेलन गर्दै प्रभु बैंक बिर्तामोड शाखाबाट आफ्नो १ करोड १९ लाख रुपैयाँ गायब गरिएको बताए ।

बिर्तामोड- ७ निवासी पत्रकार नेपालले आफ्नी श्रीमती मन्जु नेपालको नाममा रहेको प्रभु बैंकको खातामा फरक फरक मितिमा १ करोड १९ लाख रुपैयाँ जम्मा गरेको बताए । त्यसमध्ये करिब ६ महिना अघि १ करोड १० लाख ४३ हजार फिक्स्ड डिपोजिट गरेको र हाल फिक्स्ड डिपोजिटको म्याद सकिएपछि पैसा निकाल्न खोेज्दा बैकले खातामा २ लाख मात्र छ भनेपछि आफु अचम्ममा परेको बताए ।

बैंकका मार्केटिङ म्यानेजर भद्रपुरस्थित चन्द्रगढी बस्ने प्रमोद सिटौलाले आफूले जम्मा गरेको रकम नियतबस हिनामिना गरि आफ्नो दुईवटै मोबाइल स्विच अफ गरेर सम्पर्कविहीन बनेको नेपालले जानकारी दिए । उनले बैंक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताए । यस घटनाको सम्बन्धमा बैंकले केन्द्रीय स्तरमा छानबिन समिति बनाएको बैंकका बिर्तामोड शाखाका प्रवन्धक गणेशबहादुर बरालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्