News Portal

प्रेस क्लब मेचीनगरमा “भिडियो इडिटिङ्” तालिम

रातोपोस्ट संवाददाता
९३ पटक

झापा, १९ साउन । प्रेस क्लब मेचीनगरले मेचीनगरमा रहेका सञ्चारकर्मीहरुका लागि “भिडियो इडिटिङ्” तालिम सुरु गरेको छ । पहिलो चरणअन्तर्गत शनिबार क्लबको कार्यालय इटाभट्टामा फोटो तथा भिडियो सम्पादन सम्बन्धी तालिम आयोजना गरिएकाे हाे । नगरमा रहेका ३० भन्दा बढी सञ्चारकर्मी सहभागी तालिमको सहजीकरण कान्तिपुर दैनिकका कोशी प्रदेश प्रमुख पत्रकार पर्वत पोर्तेलले गरेका थिए ।

तालिमपछि सहभागीको तर्फबाट बोल्दै क्लबका संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्ष मुक्ति पौडेललगायतले तालिम अत्यन्त फलदायी भएको धारणा राखेका थिए । उनीहरुले तालिमलाई दोस्रो, तेस्रो चरणसम्म सञ्चालन गर्न आग्रह गरे ।

सहजकर्ता पोर्तेलले आफू ‘ट्रेनर’को रुपमा भन्दा पनि आफूसँग भएको सीपलाई अन्य सञ्चारकर्मी समक्ष पु¥याउने उद्देश्यले तालिममा सहभागी भएको बताए । उनले भद्धा सामग्री पाठकले हेर्न छाडेको बताउँदै प्रविधिको बढ्दो प्रयोगको चुनौतीको सामना गर्दै अघि बढ्न जरुरी भएको सुझाव राखेका थिए । आफ्ना सदस्यहरुलाई प्रविधिमैत्री बनाउने सोचले मल्टिमिडिया तालिमको सुरुवात गरिएको क्लबका अध्यक्ष डम्बर बरालले बताए ।

क्बलका अध्यक्ष बरालको अध्यक्षता रहेको तालिममा स्वागत कोषाध्यक्ष विनिशा शर्मा र सञ्चालन उपाध्यक्ष जीआर धितालले गरेका थिए । सहभागीको माग बमोजिम दाेस्राे चरणकाे तालिम साउन २६ गते शनिबार विहान ८ बजेबाट सञ्चालन गरिने सो अवसरमा जानकारी दिइएको थियो । क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत शुक्रबार मेचीनगर–४, बाहुण्डाँगीस्थित प्रकृति पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको थियो ।

प्रतिकृया दिनुहोस्