News Portal

मुकुल ढकाल रास्वपाको सदस्य पनि नरहने गरी पार्टीबाट निष्काशित

रातोपोस्ट संवाददाता
८३ पटक

काठमाडौं, ११ भाद्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य डा. मुकुल ढकाललाई साधारण सदस्यबाट पनि निष्काशित गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्काशित गरेको हो ।

गत असार १२ गते पहिलो र यही भदौ ६ गते दोस्रो पटक सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको जनाउँदै साधारण सदस्यबाट समेत हटाएको हो । गत वैशाखमा इलाममा भएको उपनिर्वाचनपछि ढकालले विभिन्न जिल्ला भ्रमण गरेर पार्टीको समीक्षा प्रतिवेदन तयार पारेका थिए ।

उक्त प्रतिवेदनमा पार्टी सभापति रवि लामिछानेको कार्यशैली तथा पार्टी सञ्चालन प्रक्रियाको आलोचना गरिएको आरोप लगाउँदै रास्वपाले गत असार २५ गते महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको थियो ।

प्रतिकृया दिनुहोस्