News Portal

यी हुन् एकीकृत समाजवादीका नवनिर्वाचित पदाधिकारी

रातोपोस्ट संवाददाता
९१ पटक

काठमाडौं, १२ भदौ । नेकपा (एकीकृत समाजवादी)मा पदाधिकारीका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार महिला उपाध्यक्षतर्फ जयन्ती राई १८९ मत ल्याएर निर्वाचित भएकी छन् । यसैगरी, मधेसीतर्फ धर्मनाथ साहले १६४, खुला उपाध्यक्षमा डा. गंगालाल तुलाधरले १८९, भानुभक्त जोशीले १५६, प्रकाश ज्वालाले १३९ र जगन्नाथ खतिवडाले १५१ मत पाए ।

उपमहासिवमा रामकुमार भट्टराईले १०७ मत, मेटमणि चौधरीले १५८, राजेन्द्र राईले १०६ र गरिमा शाहले १०५ मत पाएर निर्वाचित भए ।

सचिवमा दलितबाट गणेशबहादुर विश्वकर्माले १८० मत, आदिवासी जनजातिबाट बलदेव चौधरीले १७५ मत, खुलाबाट शेरबहादुर कुँवरले १५३, चन्द्रबहादुर शाहीले ९१, सोप्रसाद पाण्डेले १४१, सावित्रा कुमारी भुसालले १०६ र श्रीनाथ बरालले १०७ निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस्