News Portal

शिवसताक्षीमा भाइको हत्या आरोपमा दाइ पक्राउ

रातोपोस्ट संवाददाता
५९ पटक

झापा, २८ भदौ । झापाको शिवसताक्षीमा गएराति एक पुरुषको शव फेला परेको छ। शिवसताक्षी- ८ शितल चोकमा ४२ वर्षीय रामप्रसाद सिटौलाको शव फेला परेको हो । हत्या आरोपमा मृतकका दाजु नारायण सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनापछि अनुसन्धानका लागि मृतकका दाजु सिटौलालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशिल थापामगरले बताए।

उनले मृतकको शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको जानकारी दिए। गएराति करिब ९ बजे घरको पछाडिपट्टी उतानो परेको अवस्थामा रामप्रसादको शव फेला परेको थियो। उनको टाउकोमा चोट देखिएको छ। दाउराले प्रहार गरी हत्या गरेको हुनसक्ने आशंका गरिएको छ।

घटनास्थल वरिपरी दाउरा छरिएको र रगत लतपतिएको थियो। उनलाई सुतेकै ठाउँमा दाउराले हानेको हुनसक्ने बताइएको छ। दुवै दाजुभाइले मादक पदार्थ सेवन गरी झगडा गरेको र नारायणले भाइलाई दाउराको चिर्पटले हानेर हत्या गरेको हुनसक्ने आशंका छ। तीन जना दाजुभाइमध्ये मृतक रामप्रसाद माहिला हुन्।

प्रतिकृया दिनुहोस्