News Portal

एमाले मेचीनगर–६ को अध्यक्षमा राजु पौडेल चयन

रातोपोस्ट संवाददाता
४१ पटक

मेचीनगर, ३० भदौ । नेकपा एमाले मेचीनगर–६ नम्बर वडा कमिटीको अध्यक्षमा राजु पौडेल सर्वसम्मत चयन भएका छन् । काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा शनिबार सम्पन्न एमाले मेचीनगर–६ वडा कमिटीको ११ औँ वडा अधिवेशनले अध्यक्ष पौडेलको नेतृत्वमा ३० सदस्यीय नयाँ कमिटी गठन गरेको हो ।

अधिवेशनले कमिटीको उपाध्यक्षमा प्रमिला ओली, सचिवमा कैलाश राई, उपसचिवद्वयमा सञ्जय तामाङ र प्रदीप सिटौला सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सुकुमार राजबंशी, हरिकिशोर गौतम, सिमा श्रेष्ठ, रमेश गुरुङ, केदार गिरी, खेमराज पौडेल, निलकुमार श्रेष्ठ, प्रेम पाठक, प्रेमरत्न चुडाल, मणिकुमार मगर, विमल सुतार कार्की, सजित तामाङ, केदार थापा, विष्णु श्रेष्ठ, सरिता अधिकारी, तुलसा दाहाल, कविन्द्र उप्रेती, क्षितिज तिम्सिना, प्रगति ढकाल, रप्सन खड्का, सुमन भट्टराई, विशाल गिरी, राकेश खवास र निरु खवास रहेका छन् ।

एमाले पार्टीको केन्द्रीय खानेपानी विभाग सदस्य सन्तोष आचार्य निर्वाचन समिति संयोजकमा तथा सदस्यहरुमा एमाले जिल्ला सदस्य एवम् ६ नम्बर वडा इन्चार्ज सञ्जु ढुंगेल र अनेमसंघ मेचीनगर अध्यक्ष हेमा सिटौला रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि एमालेका केन्द्रीय सदस्य रविन कोइराला, एमाले नेताहरु रामचन्द्र उप्रेती, डिल्लीराम घिमिरे, नगर अध्यक्ष राजु कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही अवसरमा पार्टीलाई योगदान गर्ने नेताहरुलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा रामचन्द्र उप्रेती, श्रीप्रसाद मैनाली, तुलसीप्रसाद निरौला, नरेन्द्र प्रकाश सिटौला, यज्ञप्रसाद मैनाली, कुलप्रसाद तिवारी, लक्ष्मीप्रसाद उप्रेती, ठाकुरप्रसाद शिवाकोटी, सुरेन्द्र उप्रेती, रुद्र पोखरेल, इन्दिरा ओली लगायत रहेका थिए । एमाले मेचीनगर–६ नम्बर वडा कमिटी अध्यक्ष प्रितम काफ्लेको अध्यक्षतामा सम्पन्न अधिवेशनको सञ्चालन सचिव राजु पौडेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्