News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार

वन उपभोक्ता महासंघ मेचीनगर अध्यक्षमा जानुका चयन

झापा, १४ बैशाख । सामुदायिक वन उपभोक्ता महासंघ मेचीनगर समितिको अध्यक्षमा महिला नेतृ जानुका ओली सर्वसम्मत चयन भएकी छिन् । आज मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वन समूहको कार्यालयमा आयोजित दोस्रो नगर अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ...बाँकी

दमकमा प्रदेशस्तरीय राष्ट्रिय भलिबल प्रतियोगिता

झापा, १४ बैशाख । झापाको दमकमा आजबाट प्रदेशस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले जानकारी दिए । प्रतियोगिता दमकस्थित हिमालय...बाँकी

कचनकवलमा मानसिक स्वास्थ्यका विषयमा छलफल

झापा, १३ बैशाख । झापाको कचनकवल गाउँपालिकामा दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । स्थानीय सरकारका प्रतिनिधि, विद्यालयका शिक्षक र अग्रपंक्तिमा काम गर्नेहरूलाई मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्श तालिम दिइएको हो । कचनकवल...बाँकी

काँकरभिट्टामा नक्कली लालपूर्जा बाँडेर रकम असूली गर्ने गिरी पक्राउ

झापा, १४ वैशाख । नक्कली लालपूर्जा वितरण गरी रकम असुली गर्ने झापाकाे काँकरभिट्टाका एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लालपूर्जा दिलाइदिने भन्दै काँकरभिट्टा स्थित मेची डाँडाका कयौँ परिवारसगँ रकम असुलेको आरोपमा इलाका प्रहरी...बाँकी

कालाे झन्डा देखाउँदै पहिचानवादीद्वारा ओली सहभागी कार्यक्रममा अवरोध , झडपमा प्रहरी निरीक्षक मावोहाङसहित दुई प्रहरी घाइते

झापा, बैशाख १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको छ । आज झापाको बुद्धशान्ति गाउँपालिकामा आयोजित कार्यक्रममा कोशी प्रदेश नामकरणको विरुद्धमा आन्दोलित पहिचानवादीहरुले आक्रमण गर्ने प्रयास गरेका थिए । आक्रमणबाट जोगाउन...बाँकी

मेची उद्योग बाणिज्य संघद्वारा चार व्यक्तिलाई सम्मान

झापा, १२ वैशाख । मेची उद्योग बाणिज्य संघले तीन जना पूर्व अध्यक्ष र एक जना महिला उपाध्यक्षलाई सम्मान गरेको छ । आज संघको सभाहलमा आयोजित कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित संघका पूर्व...बाँकी

कन्काई नहरमा डुबेर जुल्फे राईको मृत्यु

झापा, १२ बैशाख । झापाको कन्काई सिँचाई आयोजनाको नहरमा डुबेर एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा-७ बस्ने ७७ वर्षिय जुल्फे राई रहेका छन् । हिजो साँझ ५ बजेको समयमा शिवसताक्षी-...बाँकी

झापामा एमाले केन्द्रीय कमिटी बैठक बस्ने

झापा, १२ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यसपटक झापामा केन्द्रीय कमिटी बैठक बोलाएको छ । वैशाख अन्तिम साता बोलाइएको बैठक झापामा बस्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताए । उनका अनुसार बैठक...बाँकी

उपनिर्वाचनमा ५९ प्रतिशत मत खस्यो : प्रमुख आयुक्त थपलिया

काठमाडौं, १० बैशाख । निर्वाचन आयोगले तीन क्षेत्रमा भएको उपनिर्वाचनमा ५९ प्रतिशत मत खसेको जनाएको छ । प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार चितवन २ मा ६१ प्रतिशत, बारा २ मा करिब ६२ प्रतिशत र तनहुँ...बाँकी

मेचीनगरमा वडा इन्चार्जसहित ६ जनाले गरे एमाले परित्यागको घोषणा

झापा, १० बैशाख । झापाको मेचीनगरमा ६ जनाले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । नेकपा एमालेका मचीनगर- ४ का इन्चार्ज प्रविण भण्डारी, सह-इन्चार्ज प्रणा कार्की, वडा कमिटी सहसचिव प्रकाश पाण्डे, वडा सचिवालय सदस्य...बाँकी