News Portal

  • जामुनखाडीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु १४ घाइते

    रातोपोस्ट संवाददाता
    ७६५ पटक

    झापा। झापाकाे कनकाई नगरपालिका वडा नम्बर १ जामुनखाडीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १४ जना यात्रु घाइते भएका छन् ।

    दुर्घटनामा भद्रपुर नगरपालिका वडा नम्बर ९ निवासी २६ बर्षिया सुजन पोखरेलको मृत्यु भएको छ ।

    इलामको दानाबारीबाट धरान जाँदै गरेको मे १ ख ७२०४ नम्बरको सिमन यातायातको बसले मे ११ प ८९७७ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहन थापाले जानकारी दिए ।

    दुर्घटना आज बिहान करिब ९ः३० तिर भएको प्रहरीले जानकारी दिएको छ ।दुर्घटनामा परेर घाईते भएकाहरुको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

    बस चालक सिराहा गोलबजारका २९ बर्षिय विनोद श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)