News Portal

कर्मचारीकै संलग्‍नतामा कृषि विकास बैंकबाट चोरियो ४३ करोड

रातोपोस्ट संवाददाता
५८४ पटक

काठमाडौं : सरकारी स्वामित्वको कृषि विकास बैंक पटक पटक त्यहीँका कर्मचारीको बदमासीको शिकार हुने गरेको छ। कर्मचारीले बदमासी गरिदिँदा लामो इतिहास बोकेको यो बैंकले समय समयमा बदनामी कमाउनु परेको छ।

वर्ष २०७१, वर्ष २०७४ र वर्ष २०७६ सरकारी स्वामित्वको कृषि विकास बैंकमा कर्मचारीकै बदमासीका कारण ठूला घटना भएका छन्। यी तीन वर्षका घटनामा बैंक भित्री र बाहिरी आक्रमणमा परेको देखिएको छ। यो बैंक आफ्नै कर्मचारीबाट असुरक्षित रहेको पुष्टि यी तीन घटनाले गरेको छ। मंगलबार राति मात्रै कर्मचारीको सहयोगमा चार करोड  ७३ लाख ९६ हजार रुपैयाँ यो बैंकबाट चोरी भयो। बैंकका कर्मचारीले बाहिरका चोरलाई युजर र पासवर्ड उपलब्ध गराएपछि केही बेरमै यो बैंकबाट चार करोड भन्दा धेरै रित्याइयो।  तर चोरी हुँदै गर्दा सुइँको पाएपछि सक्रिय भएको प्रहरीले ह्याकिङमा संलग्नसहित ११ जनालाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ।

बैंकको लहान शाखाका ७ जना कर्मचारीलाई निगरानीमा राखिएको छ भने केहीलाई निष्काशित गरिएको छ।  राष्ट्र बैंक स्रोतका अनुसार २० वटा युजर र पार्सवर्डमार्फत् पैसा चोरिएको छ। अहिले तीनजना कर्मचारी संलग्न रहेको पुष्टि भएको छ। कर्मचारीलाई कमिशन दिएर विदेशीले नेपाली धन कुम्ल्याउने योजना बनाएको खुलेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए।

२०७१ सालमा कृषि विकास बैंक यसैगरी आफ्नै कर्मचारीबाट रकम चोरिएको थियो। त्यसको निरन्तरता २०७४ र २०७६ मा पनि भएको छ। तीन पटकमा कृषि विकास बैंकबाट ४३ करोड रुपैयाँ चोरी भइसकेको छ।

प्रतिकृया दिनुहोस्