News Portal

आलम बचाउन रौतहट पुगे शम्भु थापा, रमण श्रेष्ठ र शेरबहादुर केसी

रातोपोस्ट
१४८९ पटक

काठमाडौं : रौटहटको राजपुरमा बम विस्फोटपछि घाइतेसहित २३ जनालाई जिउँदै इँटा भट्टामा हालेर हत्या गरेको अभियोगमा तीनवटा मुद्दा दर्ता गरिएका मोहम्मत आफताव आलमको पक्षमा बहस गर्न वरिष्ठ वकिलहरु पुगेका छन्।जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा बुझाएपछि जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा आलमसहित १० जनाविरुद्ध विभिन्न तीनवटा मुद्दा दर्ता भएको छ। आलमलाई तीनवटा मुद्दामा ३२ वर्ष जेल सजाय माग भएको छ।

यो पनि : आलमको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गर्ने गम्भीर अपराधका अभियुक्त आलमको पक्षमा बहसका लागि वकालतनामा दर्ता गराएका वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, शेरबहादुर केसी, हरिहर दाहाल, सुनिल पोखरेल र योगेन्द्र अधिकारी यतिबेला गौर पुगेका छन्।

आलमको विपक्षमा  आलमलाई कारबाही माग गर्दै बादीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय रौतहटका सहन्यायाधिवक्ता रामप्रसाद पन्थी, महान्यायाधिवक्ताको कार्यालय काठमाडौंबाट आएका सूर्यराज दाहाल, अर्जुनप्रसाद कोइराला, सरकारी वकिल कार्यालय पर्साका न्यायाधिवक्ता रुद्र पन्थी र आफूले बहस गर्ने जिल्ला न्यायाधिवक्ता कटुवालले जानकारी दिए।  आलमको विपक्षमा बहस गर्न काठमाडौंबाट वरिष्ठ अधिवक्ताहरु पनि पुगेका छन्। आलमको विपक्षमा बसह गर्न वरिष्ठ अधिवक्ताहरु पुष्पराज पौडेल, डा. युवराज संग्रौला, गोविन्द बन्दी, ओमप्रकाश अर्याल, दिनेश त्रिपाठी र आशिकराम कार्कीसहितका वकिलहरु पुगेका हुन्। आलम ‘केस’मा बादी र प्रतिबादी दुवै तर्फबाट करिब ५० जना वकिलले बहस गर्ने भएका छन्।आलमका तर्फबाट मात्रै करिब २७ जनाले वकालत नामा लिएको बुझिएको छ भने सरकारी वकिलको तर्फबाट पनि उत्तिकैको हाराहारीमा वकिल बहस गर्ने भएका छन्।

सरकारी वकिल कार्यालय रौतहटले जिल्ला अदालत रौतहट गौरमा अभियुक्त आलमसहित १० जनाविरुद्ध सोमबार जन्मकैदको मुद्दा दर्ता गरेको थियो। जिल्ला अदालत रौतहटमा दायर भएको ०७६ सिए ००९५ मुद्दामा सरकारी वकिल कार्यालयले ३९ पानाको अभियोग पत्र तथा ८७८ पृष्ठको मुद्दा मिसिल दर्ता गराएको थियो।  पहिलो संविधानसभाको निर्वाचनको दिनभन्दा अघिल्लो सात २०६४ चैत्र २६ गते बनाउँदै गर्दाको बम विष्फोट हुँदा घाइते भएकालाई जिउँदै इँटाभट्टामा हालेर जलाएको आरोपमा आलमलाई गत असोज २६ गते रौतहट प्रहरीले पक्राउ गरेको थियो।थाहा खबर

प्रतिकृया दिनुहोस्