News Portal

गृह मन्त्रालयले हटायो सादा पोशाकमा खटिने प्रहरी

रातोपोस्ट संवाददाता
१०७ पटक

काठमाडौं, १५ चैत । सादा पोशाक (घुमुवा)का प्रहरी हटाइने भएको छ।

घुमुवा प्रहरी गैर–व्यवसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले बिहीबार सादा पोशाकका प्रहरी हटाउन निर्देशन दिएकाे हाे।

लामिछानेको निर्देशनपछि नेपाल प्रहरीले मातहतका प्रहरी कार्यालयलाई घुमुवा प्रहरी नखटाउन र उनीहरुलाई नियमित पोशाकमा काममा खटाउन परिपत्र गरेको छ।

प्रतिकृया दिनुहोस्