News Portal

पार्टी निर्णय थाहा छैन, राजीनामा दिन्‍नँ : उपसभामुख तुम्बाहाङफे

रातोपोस्ट संवाददाता
४८७ पटक

काठमाडौं। उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफूले पदबाट राजीनामा नदिने बताएकी छिन् ।

उपसभामुख  तुम्बाहाङफेले पार्टी निर्णय आफूलाई थाहा नभएको बताएकी छन्।

शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सभामुख तुम्बाहाङ्फेलाई उपसभामुखबाट राजीनामा गर्न लगाउने निर्णय गरेको थियो ।

सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीबाट निर्वाचित उपसभामुखलाई राजनीनामा गर्न लगाउने निर्णय भएको बताएका थिए ।

निर्णय सार्वजनिक भएसँगै उपसभामुख तुम्बाहाङ्फेले आफूले पदबाट राजीनामा नदिने बताएकी हुन् ।
‘मैले किन दिने राजीनामा ?’ उपसभामुख तुम्बाहाङ्फेले भनिन्,‘सभामुखका लागि म योग्य छु ।’

नेकपाको सचिवालय बैठकले उपसभामुखलाई राजीनामा गराएर सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको भएपनि कसलाई सभामुख बनाउने भन्ने निर्णय भने नगरेको प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस्