News Portal

  • सरकारले मुलुकका प्रमुख १० विमानस्थलको सरसफाइको अडिट गर्ने

    रातोपोस्ट संवाददाता
    ६८७ पटक

    काठमाडौं। सरकारले भिजिट नेपाल २०२० लक्षित गर्दै देशभर सञ्चालनमा रहेकामध्ये ११ वटा विमानस्थलको सरसफाइ सम्परीक्षण (अडिट) गर्ने भएको छ।

    यही फागुन २० गतेबाट चैत १९ गतेसम्म (एक महिनाभित्र) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गैरआवासीय नेपाली संघबीच स्वंयसेवीको रुपमा ११ वटा विमानस्थलको स्थलगत अध्ययन गरी हालको सरसफाइको अवस्थाको सम्परीक्षण (अडिट) गर्ने गरी सम्झौता भएको छ।

    सम्झौतामा विमानस्थलहरुको विद्यमान सरसफाइको मौजुदा अवस्थाको जानकारी लिने र प्राप्त सुझावका आधारमा भावी दिनमा विमानस्थल अन्य सांस्कृतिक तथा पर्यटकीय स्थलको समेत सरसफाइलाई थप प्रभावकारी बनाउन मन्त्रालय र गैरआवासीय नेपाली संघबीच सहकार्य गर्दै जाने उल्लेख छ।

    सरसफाइ अडिट हुने ११ विमानस्थल

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (अन्तर्राष्ट्रिय)
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिक)
    विराटनगर विमानस्थल
    चन्द्रगढी विमानस्थल
    जनकपुर विमानस्थल
    सिमरा विमानस्थल
    भरतपुर विमानस्थल
    गौतम बद्ध अन्तर्राष्ट्रिय विमानस्थल
    पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल
    नेपालगञ्ज विमानस्थल
    धनगढी विमानस्थल

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)