News Portal

सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित

रातोपोस्ट संवाददाता
७३१ पटक

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको सभामुखमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचत भएका छन् ।

सभामुखमा सापकोटाको एक मात्र उम्मेदवारी परेकोमा आइतबार बसेको प्रतिनिधिसभाको बैठकले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सापकोटा निर्विरोध सभामुख चयन भएको घोषणा गरे ।

यसअघि सभामुखका लागि प्रस्तावक र समर्थकहरुले आ–आफ्नो धारणा राख्दै सवै पक्षको सभामुख बनेर प्रतिनिधिसभाको गरिमा बढाउन सुझाव दिएका थिए ।

सापकोटाका प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र समर्थकमा पूर्वसभामुख ओनसरी घर्ती, नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र राजपा सांसद लक्ष्मणलाल कर्ण छन् ।

प्रस्तावक र समर्थकहरुले संसद बैठकमा बोलेपछि सापकोटा सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा भएको हो ।

कांग्रेसलगायतका प्रतिपक्ष दलले सभामुखमा उम्मेदवारी नदिँदा सापकोटा निर्विरोध भएका हुन ।

तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयासको आरोप लागेर पदबाट राजीनामा दिएपछि चार महिनादेखि सभामुख पद रिक्त थियो

प्रतिकृया दिनुहोस्