News Portal

  • चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ३२ पुग्यो

    रातोपोस्ट संवाददाता
    १०२२ पटक

    काठमाडौं। कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ।

    करिव ६ हजार जना संक्रमित भएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने स्वास्थ्य अधिकारीहरुले जनाएका छन ।

    बीबीसीका अनुसार अहिलेसम्म ५ हजार ९ सय ७४ जना कोरोनाबाट संक्रमित भएका छन भने ९ हजार २ सय ३९ जनालाई संक्रमणको आशंका गरिएको छ । ६ करोड चिनियाँहरु कुनै न कुनै रुपमा कोरोना भाइरसबाट प्रभावित भएका छन्।

    हुबेइ प्रान्तमा कोरोना भाइरसबाट संक्रमितको उपचार तथा संक्रमण रोक्ने प्रयासका लागि १० लाख भन्दा बढी स्वास्थ्यकर्मी खटिएका छन् ।कोरोनाको उद्भव बिन्दु मानिएको वुहानमा आइतबारदेखि निजी गाडी संचालनमा पनि प्रतिबन्ध लगाइएको छ ।

    कोरोनाको संक्रमण रोक्ने प्रयास स्वरुप एक हजार शैयाको छुट्टै नयाँ अस्पताल निर्माणाधिन छ ।कोरोनाको संक्रमण रोक्नका लागि अनेकौं प्रयत्न गर्दा पनि महामारी नहटेपछि आफ्ना नागरिकको आन्तरिक तथा बाह्य भ्रमणमा चीनले रोक लगाएको छ ।

    गत डिसेम्बरमा चीनको बुवानमा देखिएको कोरोना भाइरस १६ वटा मुलुकमा फैलिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)