News Portal

  • ललिता निवास प्रकरणमा म दोषी छैन : माधव नेपाल

    रातोपोस्ट संवाददाता
    ७३४ पटक

    विराटनगर। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफू दोषी नरहेको प्रष्टीकरण दिएका छन् ।

    शुक्रबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यो प्रकरणमा आफू दोषी नभएको बताएका हुन् ।

    ललिता निवास जग्गा प्रकरण (बालुवाटार जग्गा प्रकरण) मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

    नेता नेपालले आफू दोषी नभएको र अपराधी पनि नभएको बताएका छन् । उनले आफू भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मान्यताको मान्छे हुँ भएको बताउँदै आफ्नो पालामा कुनै नयाँ मोही बनाउनका लागि मोही दिने निर्णय नभएको पनि बताए ।

    ललिता निवास जग्गा प्रकरणमा संलग्न दोषी मान्छे उम्किन नहुने भन्दै नेता नेपालले निर्दोष पनि पर्न नहुने बताए ।

    ललिता निवास प्रकरणमा अख्तियारलाई छानविन गर्न दिनुपर्ने भन्दै नेता नेपालले यो कांग्रेसले भनेजस्तो कसैलाई फसाइएको नभएको र त्यसो भन्न नमिल्ने बताए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)