News Portal

  • राजवंशी समाजको नगर अधिवेशन सम्पन्न

    रातोपोस्ट संवाददाता
    ६७५ पटक

    झापा। राजवंशी समाज विकास समिति झापाको मेचीनगरमा छैटौं नगर अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

    मेचीनगर १० स्थित धुलाबारीमा सम्पन्न अधिवेशनको उद्घाटन प्रदेश सभा सदस्य गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।

    कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले आफ्नो जातिय पहिचान, संस्कार र संस्कृतिको संरक्षणमा समुदाय स्वयम् जुटनुपर्ने बताए ।

    उनले पछिल्लोसमय जातिय भाषा, संस्कार र संस्कृतिको विकास हुँदै गएको भन्दै संगठित हुन अनुरोध गरे ।

    कार्यक्रममा राजवंशी समाजका जिल्ला उपाध्यक्ष दिनेश्वर राजवंशी, नेपाली काँग्रेसका मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी, समितिका निवर्तमान अध्यक्ष दिनेश राजवंशीलगायतले बोलेका थिए ।

    कार्यक्रममा जातिय संस्कार र संस्कृति झल्कने एकल तथा सामूहिक नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा घुङगुरा ग्रुपको स्वागत नृत्य प्रस्तुत गरियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)