News Portal

मेचीनगर र बेलायतको फोक्सटन सिटीबिच औंपचारीक रूपमा भगिनी सम्बन्ध कायम

रातोपोस्ट संवाददाता
७१८ पटक

झापा।  मेचीनगर नगरपालिका र बेलायतको फोक्सटन सिटीबिच औंपचारीक रूपमा आज (सोमबार) सम्झौता भएको छ । कार्यक्रममा  प्रमुख अतिथि संघिय सांसद सुरेन्द्र कार्कीले  कार्यक्रमकाे उद्घाटन गरेका थिए ।

साे  कार्यक्रममा फोक्सटन सिटीका प्रमुख जेकी माइडले शिक्षा स्वास्थ्य र सुरक्षाको सवालमा सहकार्य गर्ने बताएकी छन् । उनले दुई नगर बिचको सम्बन्धलाई भगिनी सम्बन्धले थप मजबुत बनाएको बताउँदै आगामी दिनमा मेचीनगरको विकास निर्माणमा सहयोग गर्ने जिकिर गरेकी छन् ।

उनले उत्कृष्ट विधार्थी र जिल्लाका ५ प्रहरीलाई बेलायत लगेर दक्ष बनाइ पठाउने र  दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्ने बताइन् ।

उनले मेचीनगरका सबै विधालयसँग शिक्षाको गुणस्तर विकासमा हातेमालो गर्ने बताइन् । विशेष गरी शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापनलगायतका महत्वपूर्ण विषयमा साथ दिने  जानकारी दिइन।

मेचीनगर नगरपालिकाका प्रमुख आचार्य र बेलायतको फोक्सटन सिटीका प्रमुख माइडले कार्यक्रमको अध्यक्षता गदैं यो क्षण ऐतिहासीक भएको भन्दैं यसले नेपालको मेचीनगर र बेलायतको फोक्सटन सिटीसँगबीचको हितेरी साइनो औपचारिकरुपमा मितेरी साइनोमा रुपान्तरण भएको विचार राखेका थिए ।

नेपाल र वेलायतबीचको सम्बन्ध धेरै पुरानो र मैत्रीपुर्ण भएको भन्दैं यसले अझ नजीक बनाएको विचार दुवै नगरप्रमुखले बताए ।

नगरप्रमुख आचार्यले यो औपचारिकतासँगै अझ सहयोग ,सम्बन्ध र सद्भाव विस्तारका नयाँ आयामहरु खुल्ने बताए ।

कार्यक्रममा संविधान सभा सदस्य रविन कोइराला, उषा गुरुङ, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, फोक्सटन टाउन च्याम्वर अफ कर्मसका चियर म्यान रे जोनसनलगायतले मन्तव्य राखेका थिए ।

प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, राधा थापा, फोक्सटन सिटीका प्रतिनिधिलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा मेचीनगरका जनप्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्