News Portal

पूर्वसचिव कार्की पत्नी हत्या प्रकरण : कामदारबाटै हत्या भएको पुष्टि

रातोपोस्ट संवाददाता
६७७ पटक

काठमाडौं। सानेपास्थित पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्या उनकै घरका कामदार २२ वर्षीय विजय चौधरीबाट भएको खुलेको छ।

घरमा जडान भएको सिसिटिभी फुटेजमा देखिएकाे दृश्यानुसार मुना कार्कीलाई पिर्काले हानेर हत्या गरेको देखिएको हो। उनका श्रीमान्  कार्की घरमा नभएकाे अवस्थामा उनकाे हत्या भएकाे हाे ।

यसपछि भने चौधरीले आफैंले आत्महत्या समेत गरेको सिसिटिभी फुटेजमा देखिएको अनुसन्धानमा संलग्न महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले जानकारी दिएका छन्।

सोमबार बिहान १० बजे २० मिनेट आसपासमा घरमा कोही नभएको अवस्थामा कामदार चौधरीले मुना कार्कीमाथि आक्रमण गरेका थिए। त्यसक्रममा मुनाले प्रतिवाद गरेकी थिइन्।

केही समय प्रतिवाद गरेकी मुनालाई भान्सा कोठामै लडाइदिएका थिए। त्यसपछि उनले मुनाको टाउको भान्सा कोठाको भुइँमा बजार्दै गरेको दृश्य सिसिटिभी फुटेजबाट देखिएको हो।

पूर्वसचिव कार्की पूजा गर्न पशुपति मन्दिर गएको र घरमा रहेकी अर्की कामदारसमेत कार्कीका छोरालाई विद्यालय पुर्‍याउन गएका बेला हत्या भएको प्रहरीको भनाइ छ।

प्रतिकृया दिनुहोस्