News Portal

राष्ट्रिय युवा संघका अध्यक्ष दिपशिखा भोलि झापा आउँदै

रातोपोस्ट संवाददाता
१८८७ पटक

झापा । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय अध्यक्ष रामप्रसाद सापकोटा(दिपशिखा) झापा आउने भएका छन् ।

राष्ट्रिय युवा संघ कनकाई नगर कमिटीले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन दिपशिखा झापा आउन लागेका हुन् ।

तत्कालीन युवा संघ र वाइसिएल कनकाई नगर कमिटीले फागुन ८ गते शिवसताक्षी नगरको दोमुखामा कार्यक्रम गर्ने भएको हो ।

पर्यटन भ्रमण वर्ष सन् २०२० को प्रचार–प्रसार गर्ने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रममा उनी प्रमुख अतिथिका रुपमा झापा आउन लागेका बताइएको छ ।

सो अवसरमा संघ जिल्लाका अगुवा नेता तथा कार्यकर्तालाई प्रमुख अतिथि दिपशिखाले प्रशिक्षण समेत दिने भएका छन् ।

सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्षलाई लक्षित गरी आयोजना हुने कार्यक्रममा चियापान तथा वर्तमान राजनीतिक परिस्थिति र युवाको भूमिका बारे प्रशिक्षण हुने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्