News Portal

झापामा घर भाडामा लिइ यौन धन्दा : ३ जना पक्राउ

रातोपोस्ट संवाददाता
१८८२ पटक

झापा । झापाको मेचीनगर-७ स्थित प्यारीभिट्टामा चार तले घर भाडा लिएर यौन धन्दा चलाएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर उपमहानगरपालिका-५ घर भई हाल झापाको मेचीनगर नगरपालिका- ७ बस्ने ४४ वर्षीय तुलसी कट्टेल, मेचीनगर नगरपालिका ७ बस्ने ५८ वर्षीय हरि भनिने शिवप्रसाद घिमिरे र मेचीनगर नगरपालिका-६ बस्ने ४६ वर्षीय सूर्य भनिने श्यामप्रसाद सिवाकोटी रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए।

तीनजना पक्राउ परेसँगै दुई युवतीलाई त्यहाँबाट उद्धार गरी प्रहरीले घर पठाइ दिएका छन्।

यता, पक्राउ परेका ३ जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान गरिरहेको उपरीक्षक  पोखरेलले बताएका छन ।

प्रतिकृया दिनुहोस्