News Portal

रजत महोत्सवको तयारीमा लिटल एञ्जल्स

रातोपोस्ट संवाददाता
४७१ पटक

झापा। चारआलीकाे मेचीनगर- १३ स्थित लिटल एञ्जल्स अंग्रेजी विद्यालयले रजत महोत्सव मनाउने भएको छ ।

विद्यालय स्थापनाको २५ औं वर्ष प्रवेशको सन्दर्भ पारेर विविध कार्यक्रमको आयोजना गरी रजत महोत्सव समारोह आयोजना गर्न लागिएको सो विद्यालयले जनाएको छ।

शनिबार विद्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा प्रिन्सिपल  द्रमणि स’वेदीले महोत्सवको अवसर पारेर द’ई दिवशीय विविध कार्यक्रमको तयारी गरिएको जानकारी गराए .

उनका  अनुसार महोत्सव अन्तर्गत आउँदो फागन’ १२ गते गीत तथा नृत्य प्रस्तुत गरिनेछ भने १३ गते सम्मान तथा पुरस्कार वितरणसभित सांस्कृतिक कार्यक्रम हुनेछ।

सम्मेलनका क्रममा विद्यालयका को–अर्डिनेट र भुमिप्रसाद सुवेदीले रजत महोत्सव एवं २५ औं वार्षिकोत्सव कार्यक्रममा विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गरिने बताए ।

२०५६ सालदेखि २०७५ सालसम्मको एस.एल.सी परीक्षामा प्रथम स्थान हाँसिल गर्ने   १९ जना विद्यार्थी महोत्सवमा पुरस्कृत हुदैछन् ।

विद्यालयका निर्देशक सुरेशराज श्रेष्ठका अनुसार पुर्व विद्यार्थीमध्ये सरकारी तथा अधिकृत स्तरका १६ जना, विद्यालय व्यवस्थापन समितिका ३ जना पुर्व अध्यक्षलाई सम्मान गरिनेछ ।

त्यस्तै, ३ जना पुर्व शिक्षक, अभिभावक तथा शिक्षासेवीतर्फ ४ जना, विद्यालयमा कार्यरत् शिक्षकमध्ये २ जना, कर्मचारीतर्फ  १ जनालाई सम्मान गर्न लागिएको सम्मेलनमा जानकारी गराइयो ।

जिल्लाका विभिन्न विद्यालयका गरी ३ हजार बढी विद्यार्थीले सहभागिता जनाउने महोत्सवको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गर्नेछन् ।

प्रतिकृया दिनुहोस्