News Portal

  • गोर्खा मेमोरियलले मेचीनगरका सामुदायिक विद्यालयलाई स्मार्ट बनाउने 

    रातोपोस्ट संवाददाता
    १०६६ पटक

    झापा। बेलायतको गोर्खा मेमोरियल फन्डले मेचीनगरका सबै सामुदायिक विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउने घोषणा गरेको छ ।

    फन्डका अध्यक्ष धनकिरण गुरुङले बुधवार काँकरभिट्टामा पत्रकार सम्मेलन गरी उक्त घोषणा गरेका हुन् ।

    उनले मेचीनगरका प्राथमिक तह भन्दा माथिका सबै सामुदायिक विद्यालयलाई स्मार्ट बनाउने र त्यसका लागि फन्डले लगानी गर्ने बताए ।

    फन्डका अध्यक्ष गुरुङ मेचीनगर घर भएका बेलायती नागरिक हुन् । उनी बेलायती सेनाको जागिरबाट निवृत्त भएपश्चात उतैको राजनीतिमा सक्रिय छन् । बेलायतको फोक्सटन सिटीका पूर्व काउन्सिलर गुरुङकै पहलमा फोक्सटनसँग मेचीनगर नगरपालिकाको मितेरी सम्बन्ध कायम भइसकेको छ ।

    फन्डले काँकरभिट्टामा रहेकाे माध्यमिक विद्यालयलाई कम्प्युटर शिक्षाका लागि नमुना बनाउन कम्प्युटर ल्याव स्थापना यस अघि नै गरिदिएको छ भने धनकुटा र रोल्पामा समेत  सहयोग गरिएकाे अध्यक्ष गुरुङ बताए।

    ‘विगतमा हामीले विभिन्न जिल्लामा सहयोग पुर्यायौं,’ फन्डका अध्यक्ष गुरुङले भने–‘अब हाम्रा सहयोग मेचीनगरको शिक्षामा केन्द्रित हुनेछ । ’उनले सन् २०२२ देखि स्मार्ट एजुकेसनका लागि फन्डले सहयोग सुरु गर्ने र मेचीनगरलाई सूचना प्रविधि शिक्षाका लागि देशकै नमुना बनाउने बताए ।

    गुरुङ विहीवार बेलायती फिर्तीका लागि मेचीनगरबाट प्रस्थान गर्दैछन् ।

     

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)