News Portal

  • आजदेखि बाहुण्डाँगी संगीत तथा पर्यटन महोत्सव सुरु

    रातोपोस्ट संवाददाता
    ६८० पटक

    झापा। मेचीनगर–४ स्थित बाहुनडाँगीमा बाहुण्डाँगी जेसीजको आयोजनामा आजबाट  साताव्यापी महोत्सव सुरू हुदै छ।

    सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी बाहुण्डाँगी बजारमा आजदेखि बाहुण्डाँगी संगीत तथा पर्यटन महोत्सव  आयोजना हुँदैछ ।

    आयोजकले शुक्रवार महोत्सव परिसरमा पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

    महोत्सवको उद्घाटन जेसीजका केन्द्रीय अध्यक्ष  अशोक शंकरले गर्ने आयोजकका देबु बाँनियाले जानकारी दिएका छन ।

    महोत्सवमा आजपहिलो दिन ख्यातीप्राप्त राष्ट्रिय कलाकार आस्था राउतको साथमा भारतको शिलगुढी स्थित अराइभ्ड ब्याण्ड र स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले बताएकाे छ ।

    महोत्सवका अवलोकनकर्तालाई ग्रामिण संस्कार, संस्कृति, रहनसहन, रीतिरिवाजको चिनारी दिन महोत्सव सञ्चालन गर्न लागिएको आयोजक समितिका संयोजक प्रविन भण्डारीले बताए ।

    महोत्सवमा विभिन्न जातिय परिकार, संस्कृति तथा पर्यटन, व्यवसायिक, जनचेतनामूलकलगायत ४० वटा स्टल रहनेछन् ।

    साताव्यापी महोत्सवमा ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरू प्रमोद खरेल, पुष्पन प्रधान, आस्था राउत, मेलिना राई, सुगम पोखरेल, प्रितम आचार्य, लाहुरेलगायतको प्रस्तुति रहने छ । त्यस्तै, महोत्सवमा वेभ ब्याण्ड, आरम्भ ब्याण्ड, मन्त्र ब्याण्डलगायतका विभिन्न ब्याण्डको प्रस्तुति रहने आयोजकका कञ्चन उप्रेतीले बताए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)