News Portal

उत्पीडित अधिकार मञ्च झापाको अध्यक्षमा पोर्तेल

रातोपोस्ट संवाददाता
१७४९ पटक

झापा। झापामा दलित अधिकारको क्षेत्रमा क्रियाशिल संस्था उत्पीडित अधिकार मञ्च (ओरिफ) नेपालको अध्यक्षमा सागर पोर्तेल चयन भएका छन् ।

ओरिफको  बिर्तामोडमा बुधबार सम्पन्न भएको भेलाले अध्यक्षमा पोर्तेल चयन भएका हुन् ।

भेलाले उपाध्यक्षमा तारा बोगटी, सचिव तिलक गजमेर , सहसचिवमा प्रदीप परियार र कोषध्यक्षमा निता घतानी  चयन भएका छन् ।

सदस्यमा रोहित तोलाङ्गी, मिना सिन्च्युरी, हर्क बिक र प्रदिप गजमेरलाई चयन गरिएको निवर्तमान अध्यक्ष टिकाराम मंग्रातीले बताए ।

उनका अनुसार भेलाले  झापाको १५ वटै स्थानीय तहमा संस्थाको प्रतिनिधि तोकिएको जानकारी दिए ।

भेलाले पूर्वअध्यक्ष सोमनाथ पोर्तेल, टिकाराम मंग्राती, टिका बयलकोटी र हर्कमाया विकलाई सल्लाहकार चयन गरेकाे छ ।

१७ वर्ष अघि स्थापना भएको ओरिफ नेपालले जिल्लाको दलित अधिकारको क्षेत्रका काम गर्दै आएको मंग्राती बताए ।

प्रतिकृया दिनुहोस्