News Portal

एभरेष्ट माविले मनायो रजत महोत्सव

रातोपोस्ट संवाददाता
१००२ पटक

झापा। एभरेष्ट भ्यू अङ्ग्रेजी माविले शुक्रबार विभिन्न कार्यक्रमका साथ रजत महोत्सव मनाएको छ

मेचीनगर ८ स्थित विद्यालय परिषरमा आयोजित कार्यक्रममा  २५ औं वर्षको सन्दर्भ पारेर विविध साँस्कृतिक कार्यक्रम गरी रजत महोत्सव मनाएको हो ।

मेचीनगर प्याप्सन अध्यक्ष डम्बर रूचालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मेचीनगर कार्यपालिका सदस्य टिकाराम मग्रान्ती, मेची कृषक बहुमुखी सहकारी संस्थाका अध्यक्ष हरी बुढाथोकी, मेची कृषक बहुमुखी सहकारी संस्थाका व्यवस्थापक दिपक काफ्ले, नेपाल अपाङ्ग संघका केन्द्रीय सदस्य धर्मराज घिमिरे, युवा व्यवसायी गोविन्द पोखरेल, दोकानडाँडा बोर्डिङ स्कुलका प्रिन्सिल नेत्र खतिवडा लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा एउटा मात्र खुट्टाले नाच्न सफल कलाकार निलम ढुङ्गानाले रोचक नृत्य प्रस्तुत गरेकी थिइन् ।

विद्यालयका प्रिन्सिपल बिनोद बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक  प्रेम  पौडेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्