News Portal

  • आजबाट ८ देशका नागरिकलाई ‘अनअनराइभल’ भिसा नदिने

    रातोपोस्ट संवाददाता
    २९१ पटक

    काठमाडौं । नेपालले आजबाट ८ देशका नागरिकलाई अनअनराइभल भिसा नदिने भएको छ ।

    यसअघि ५ वटा देशका नागरिकलाई अनअराइभल भिसा नदिने निर्णय गरिएको भए पनि अहिले थप तीन देशका नागरिकलाई पनि आजदेखि अनअराइभल भिसा नदिने निर्णय गरेको हो ।

    कोरोनाभाइरसको जोखिम बढेपछि यस्तो निर्णय लिइएको अध्यागमन विभागले जनाएको छ । यो निर्णय अल्पकालीन भएको अध्यागमन विभागले जनाएको छ ।

    कोरोनाबाट उच्च जोखिममा रहेका मुलुकहरु फ्रान्स, स्पेन, जर्मनी, चीन, जापान, दक्षिण कोरिया, इटली र इरानका नागरिकलाई अनअराइभल भिसा नदिने निर्णय सरकारले गरेको हो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)