News Portal

  • पार्टी एकताको पूर्वसन्ध्यामा थापाको प्रतिबद्दताः अब पार्टी फुट्न दिँदैनौ

    रातोपोस्ट संवाददाता
    ६२४ पटक

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले राप्रपा संयुक्तसँगको एकीकरणपछि पार्टी फुट्न नदिने प्रतिबद्धता जनाएका छन् ।

    पार्टी एकताको पूर्वसन्ध्यामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको विशेष बैठकमा अध्यक्ष थापाले यस्तो प्रतिवद्धता जनाएका हुन् । बुधबार राप्रपा र राप्रपासंयुक्तबीच पार्टी एकता हुँदैछन् ।

    पार्टी एकताको पूर्वसन्ध्यामा अध्यक्ष थापाले एकतापछि पार्टी फुट्छ की भन्ने नकारात्मक सोच र आशंका नलिन आग्रह गरे ।
    थापाले पार्टी फुट्दैन र फुट्न दिन्नौँ भन्ने मानसिकताका साथ अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘पार्टी फुट्छ कि भन्ने नकारात्मक सोच र आशंका लिएर नजाऔँ ।
    सतर्क रहनुपर्छ, सचेत रहनुपर्छ तर सुरुमै आशंका लिएर नकारात्मक सोच लिएर अगाडी बढ्न खोज्यौ भने सिथिल भइन्छ र गति लिन सकिँदैन् ।

    अब पार्टी फुट्दैन, फुट्न दिँदैनौँ भन्ने मानसिकताका साथ पार्टी अगाडी बढ्नुपर्छ ।’अध्यक्ष थापाले पार्टी एकताले पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र, राजासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन र उदार अर्थतन्त्रको धरालतलाई सबल बनाउन थप शक्ति प्रदान हुने विश्वास व्यक्त गरे ।

    थापाले कम्युनिष्ट र काँग्रेसको बैकल्पिक शक्ति जनताले खोजिरहेको उल्लेख गर्दै राप्रपाले आफुलाई बैकल्पिक शक्तिको रुपमा उभ्याउनुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)