News Portal

मेची बस व्यवसायीको सपथ ग्रहण कार्यक्रम सम्पन्न

रातोपोस्ट संवाददाता
८५६ पटक

झापा। पूर्व मेची बस व्यवसायी प्रालिको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ ।

झापाकाे काँकरभिट्टामा स्थित बस व्यवसायीको सभाहलमा सम्पन्न पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रममा संविधान सभाका सदस्य रविन कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कोइराला, अग्रज यातायात व्यवसायी भवानी केरुङ् लगायतले शुभकामना मन्तब्य व्यक्त दिएका थिए ।

नवनिर्वाचित सञ्चालक समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, सदस्यहरु मन्दिरा उप्रेती, राजकुमार पाण्डे, दुर्गाराम अर्याल, केशव गिरी (विदुर), राजिव घिमिरे, कपिल थापा क्षेत्री, कृष्ण काफ्ले, दिपक तामाङ, राजेन्द्र रिजाल र प्रेम तिम्सिना, लेखा समितिका संयोजक गोकुल ढुङ्गेल तथा सदस्यहरु शान्ता बुढाथोकी र दिपेन्द्रराज पाण्डेलाई निर्वाचन समितिका संयोजक डिल्लीराम घिमिरेले सफत ग्रहण गराएका थिए ।

प्रालिका निर्वतमान अध्यक्ष मोहनप्रकाश उप्रेतीले नवनिर्वाचित अध्यक्ष विष्णुकुमार श्रेष्ठलाई पद हस्तान्तरण गरेका थिए ।

निर्वाचन समितिका संयोजक घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत सदस्य प्रलाद श्रेष्ठ र सञ्चालन सदस्य दुर्गा खड्काले गरेका थिए ।

आइतबार सम्पन्न चुनावबाट श्रेष्ठ ४ वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रतिकृया दिनुहोस्