News Portal

  • मेचीनगरमा गोरुको मासुसहित २ जना पक्राउ

    रातोपोस्ट संवाददाता
    ५१९ पटक

    झापा: झापाकाे मेचीनगर नगरपालिका –५ मा घरमै गोरु काटेर मासु बिक्री गर्ने २ जना पक्राउ परेका छन्।

    मेचीनगर –५ का  वीरबहादुर आङदेम्बे र सन्तकुमार राई गोरुमो मासुसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए।

    प्रहरीका अनुसार सोमबार मध्यरातमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएका गस्ती टोली तामाङ टोलमा पुग्दा आङदेम्बेको घरभित्र गोरु काटेर मासु बिक्रीका लागि राखेको अवस्थामा २८ किलो मासुसहित उनीहरूलाई पक्राउ गरिएको हो।

    शङ्का लागि सोधपुछ गर्दा आङदेम्बेर राईले जिउँदो गोरु काटेको प्रहरी समक्ष स्वीकार गरेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए।

    गोरु काट्ने प्रयोग गरिएको फलामको दाउ तथा काठको अचानासहित दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जनाइएको छ।

    उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत पशुपंक्षी सम्वन्धी कसुरमा थप अनुसन्धान भई रहेको छ ।  कुनै व्यक्तिले गाई/ गोरू मार्ने नियतले कुनै काम गरिएमा  यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्ष सम्म कैद हुने कानूनी व्यवस्था रहेको उपरीक्षक पोखरेलले बताए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)