News Portal

  • आहा रारा गोल्डकप : आज मनाङ र पुलिस फाइनलमा भिड्दै

    रातोपोस्ट संवाददाता
    ५८० पटक

    काठमाडौं। पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि आज चिरपरिचित प्रतिद्वन्द्वी नेपाल पुलिस क्लव र मनाङ मर्स्याङ्दी क्लव भिड्दैछन् ।

    पोखराको नवनिर्मित रंगशालामा दिउँसो २ बजे सुरु हुने खेलले १८ औं संस्करणको आहा – रारा गोल्डकपको उपाधि बिजेताको टुंगो लाग्नेछ ।

    साविकको विजेता थ्रीस्टार क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै पुलिस प्रतियोगिताको नवौं पटक फाइनल पुगेको हो ।

    मनाङ विभागीय टिम आर्मीलाई ३–१ गोल अन्तरले पराजित गर्दै दशौं पटक उपाधि नजिक पुगेको हो ।

    १८ औं संस्करण आईपुग्दा पुलिस सातौं पटक आहा रारा गोल्डकपको उपाधि जित्न चाहन्छ । पुलिस प्रतियोगिताको सर्बाधिक सफल टिम पनि हो ।

    यस्तै पुलिसलाई पछ्याउने क्रममा रहेको मनाङले ५ पटक उपाधि जितेको छ । मनाङ र थ्री स्टार समान ५ पटकका च्याम्पियन हुन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)