News Portal

  • विप्लवका ताप्लेजुङ इन्चार्ज थापा सत्तारुढ नेकपामा प्रवेश

    रातोपोस्ट संवाददाता
    ६१६ पटक

    ताप्लेजुङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा ताप्लेजुङका इन्चार्ज ताराबीर थापाले सो पार्टी परित्याग गरेका छन् ।  प्रेस विज्ञप्ति प्रकाशित गर्दै थापाले विप्लव  पार्टी परित्याग गरेको र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेको जनाएका हुन् ।

    मेची उपव्यूरो कार्यबाहक इन्चार्ज समेत रहेका थापाले विप्लव पार्टीबाट देश र जनताको हित नहुने र एकीकृत जनक्रान्तिका नाउमा सुरु भएको आन्दोलन पनि निस्कर्षमा पुग्न नसक्ने ठहर गर्दै साधारण सदस्यसमेत नरहनेगरी सो समूह परित्याग गरेको विज्ञप्तिमा उल्लेख गरे ।

    यता थापालाई नेकपाका जिल्ला अध्यक्ष विजयप्रकाश वनेम, प्रदेश कमिटी सदस्य खेलप्रसाद बुढाक्षेत्री, मिङ्माडण्डु शेर्पा लगायतको उपस्थितिमा केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्बोले पार्टी प्रवेश गराउनु भएको नेकपा ताप्लेजुङका प्रचार विभाग प्रमुख सुरज ओझाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)