News Portal

कोरोना बारेमा भ्रम सिर्जना नगर्न आग्रह

रातोपोस्ट संवाददाता
५९३ पटक

काठमाडौँ । विश्वभर फैलिरहेको कोभिड–१९ का बारेमा सामाजिक सञ्जालमार्फत भ्रम सिर्जना हुने गरी प्रचारप्रसार नगर्न आग्रह गरिएको छ ।

डिपिनेट नेपाल (विपदपूर्व तयारी सञ्जाल)ले आयोजना गरेको कोभिड–१९ छलफल कार्यक्रममा सहभागीले विभिन्न सामाजिक सञ्जालमार्फत जनमानसमा भ्रम सिर्जना गर्ने गरी प्रचार नर्गन अनुरोध गरिएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष सूर्यबहादुर थापाले कोभिड–१९ नेपाल भित्रन नदिन समस्या परिहाल्दा यसका बारेमा सरकारले चालेको कदम स्वागतयोग्य रहेको बताए ।

अध्यक्ष थापाले पछिल्लो समय बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरेको भन्दै सरकारले त्यसको नियमित अनुगमन गरी दोषीलाई कडा कारवाही गर्नुपर्नेमा जोड दिए ।

विभिन्न गैह्रसरकारी संस्थामार्फत नेपाल सरकारको आधिकारिक निकायबाट कोराना भाइरसको रोकथामका लागि भएका प्रयास बारेमा सबैमा जानकारी गराउने बताइएको छ ।

बजारमा देखिएको कालोबजारी, कृत्रिम अभाव र गुणस्तरहीन तथा फरक मूल्यभन्दा बढीमा सामान बिक्री भएको सूचना पाएमा तत्काल सरकारी निकायमा जानकारी गराउने जस्ता कार्य गर्ने विषयमा निर्णय गरिएको छ ।

प्रतिकृया दिनुहोस्