थाहा खबर

काठमाडौं : टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालले ४४ जना स्वास्थ्यकर्मी करारमा माग गरेको छ।
कोरोना भाइरस संक्रमितको उपचार गर्न भन्दै ४४ स्वास्थ्यकर्मी माग गरेको हो। कोरोना भाइरसको संक्रमण विश्वव्यापी बनिरहेका बेला देशकै एकमात्र सरुवा रोग अस्पतालले तीन महिनाका लागि कर्मचारी माग गरको हो।
माग गरिए अनुसार कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट ६ जना, मेडिकल अधिकृत ८ जना, नर्सिङ अधिकृत ४ र स्टाफ नर्स २६ जनाकाे माग छ। इच्छुक व्यक्तिहरूलाई पाँच दिनभित्र आवेदन बुझाउन आग्रह गरेको छ।