News Portal

कोरोनाबाट मृत्यु हुनेको संख्या साढे १४ हजार नाघ्यो, इटालीमा २४ घन्टामा ६ सय ५१ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
४४२ पटक

काठमाडौं। विश्वभर माहामारिको रुपमा फैलिएको कोरोनाभाइरस संक्रमणबाट ज्यान जानेको संख्या १४ हजार ६ सय ४१ पुगेको छ। सोमबार विहानसम्म विश्वभरमा ज्यान जानेको संख्या साढे १४ हजार नाघेको हो ।

त्यस्तै विश्वभरमा कोरोना संक्रमणको संख्या ३ लाख ३६ हजार ८ सय ३८ पुगेको छ, भने ९७ हजार ६ सय ३६ जना उपचारपछि निको भएका छन् ।

विश्वका १८८ देशमा  फैलिएको कोरोनाले सबैभन्दा इटालीमा बढी प्रभाव पारेको छ ।

इटलीमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ सय ७६ पुगेको छ।  इटालीमा २४ घन्टामा ६ सय ५१ जनाको मृत्यु भएको  हो । कोरोनाको उद्गम थलो चीनमा भने २४ घन्टामा ९ जनाको ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस्