News Portal

  • स्वास्थ्यमन्त्रीले आकस्मिक पत्रकार सम्मेलन गर्दै

    रातोपोस्ट संवाददाता
    ४२३ पटक

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी बनेपछि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गरी नेपालको अवस्था बताउने भएका छन् ।

    अहिले स्वास्थ्यमन्त्री, चिकित्सकलगायतको बैठक बसिरहेको र  १२ बजे पत्रकार सम्मेलन गरी जानकारी गराउने सचिवालयले जानकारी दियो ।

    “अहिले मन्त्रालयमा छलफल चलिरहेको छ । पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी छ,” सचिवालयले भन्यो ।

    सरकारले सोमबारदेखि उच्च सतर्कता अपनाएको छ । उत्तर र दक्षिणतर्फका सबै सीमानाका बन्द गरिएको छ । लामो दूरीका सवारीसाधन चल्न रोक लगाइएको छ । कार्यालयहरूमा सेवाग्राही आउन पनि बन्द गरिएको छ ।

    स्वास्थ्य मन्त्रालयले थप निर्णय गर्ने र त्यसको जानकारी पत्रकार सम्मेलनमार्फत गर्न लागेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)