News Portal

  • कोरोना भाइरसका कारण अमेरिकामा १ नेपालीको मृत्यु 

    रातोपोस्ट संवाददाता
    ४८३ पटक

    काठमाडौं : विश्वभर फैलिएको कोरोनाभाइरसका कारण अमेरिकामा एक नेपालीको मृत्यु भएको छ।

    कोरोना संक्रमण भएर केही दिनअघि मात्रै अस्पताल भर्ना भएका पुर्ख्यौली घर पाँचथर भएका रमेश (लीला) सम्वाहाङ्फेको मंगलबार मृत्यु भएको हो।

    पाँचथरको रानी गाउँमा जन्मिएका सम्वाहाङ्फे लामो समयदेखि परिवारसहित अमेरिकाको न्युयोर्क बस्दै आएका थिए। उनले अमेरिकामा रहेर ह‍ोटल तथा ट्याक्सी व्यवसाय सञ्‍चालन गरिरहेका थिए।

    साविक रानीगाउँ-४ निवासी उनको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण निधन भएको उनकी भतिजी अमृता लिम्बूले जानकारी दिएकी छन्।

    सम्वाहाङ्फेको कोरोना भाइरसकै कारण निधन भएको खबर प्राप्त भएको जानकारी रानीगाउँ उपत्यका मिलन समाज परिवारका सचिव विन्देश्‍वर खनालले पनि दिएका छन्।

    सम्वाहाङ्फे परिवारसहित अमेरिकामा बसेर व्यवसायमा संलग्‍न थिए। उनकी श्रीमती र दुई छोरा पनि अमेरिकामै रहेका छन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)