News Portal

सर्वोच्चकाे आदेशमा नेकपाका २ केन्द्रीय सदस्य रिहा

रातोपोस्ट संवाददाता
६८० पटक

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य नविन विश्वकर्मा र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय महासचिव धिरेन्द्र उपाध्याय रिहा भएका छन् ।

सर्वोच्च अदालतको आदेशमा नेता विश्वकर्मा र नेतृ उपाध्याय रिहा भएका हुन् ।

बुधबार सर्वोच्च अदालतमा  भएकाे बन्दीप्रत्यक्षीकरणको रिटमाथी सुनुवाई गर्दै न्यायाधिस टंकबहादुर मोक्तान र प्रकाशकुमार ढुंगानाको इजलासले उनीहरूलाइ गैरकानुनी थुनामा राखेको भन्दै  रिहाईको आदेश दिएको हो ।

उपाध्याय गत साउन १३ गते र विश्वकर्मा असोज ८ गते काठमाण्डौंबाट पक्राउ परेका थिए भने,  यसअघि काठमाडौं जिल्ला अदालतले थुनामुक्त गरेपछि पुनः गिरफ्तार गरी सुनसरी हुँदै कालिकोट पु¥याएको थियो ।

चैत ३ गते सर्वाेच्च अदालतले रिहाको आदेश दिएपनि अदालतको गेटबाटै प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस्